काठमाडौँ, ४ असार । काठमाडौँको माइतीघर मण्डलमा गुठीसम्बन्धी विधेयक फिर्ताको माग गर्दै सर्वसाधारणहरुले विरोध जनाएका छन् । बुधबार सरोकारवालाहरूले सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै माइतीघर मण्डलमा खबरदारीसभा आयोजना गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता…