काठमाडौँ, ३१ बैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै त्यस विधेयकलाई पारित गराउने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष…