विराटनगर, १३ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक समस्यामा गैरजिम्मेवारी अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भन्नुभयो ‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन, पार्टी…