पुन:निर्माणमा खटिएका इन्जिनियरद्वारा सामूहिक राजीनामा

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय पुन: निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पुन:निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएकाे हो । भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन राखेको माग ९ महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुन:निर्माणमा…