नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी

काठमाडौँ, ११ वैशाख । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । यस्तै विभिन्न तहका…