लापरवाही गर्ने चालकलाई जन्म कैद गर्नुपर्छ : सांसद बस्नेत

काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव’मा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले आउँदै गरेको सवारी…