विप्लवका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश पक्राउ

काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गएराति काभ्रेको खानीखोला गाउँपालिका–३ बाट महानगरीय प्रहरी अपराध महाशाखा, र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव…