भक्तपुर, २३ मङ्सिर । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आगामी दुई वर्षभित्रमा चाँगुनारायण नगरपालिकाका जनताले खानेपानीको समस्याको गुनासो गर्न नपर्ने बताउनुभएको छ । नगरपालिकाको वडा नं. ७ बागिश्वरीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य समेत रहनुभएका नगर प्रमुख मिश्रले जनतासँग आफू मेयरमा निर्वाचित भएपछि जनताका आवश्यकताहरु सबै एकैचोटी माग प्रस्तुत हुँदा सवै माग पूरा गर्न…