बुटवल, १८ मङ्सिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा नै रोजगारीको वातावरण सिर्जना गर्न कृषि उत्पादनमा युवाहरुलाई जोड्न जग्गा भाडा सरकारले व्यहोर्ने बताउनुभएको छ । भैरहवामा आजदेखि शुरु भएको प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका आधार कृषि, पर्यटन, उद्योग र व्यापार भएको बताउनुभएको छ । कृषिको आधुनिकीकरण, बजारीकरण…