नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डौ, १४ फागुन ।  नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बोलाइएको पार्टी केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले बैठक स्थगित गरिएको बताएका छन।…