रामेछाप, १३ फागुन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्माले खेलले मानिसलाई स्वास्थ्य बनाउनुका साथै स्वास्थ्य क्षेत्रमा लगानी घटाउँने बताएका छन । आइतबार रामेछापको उमाकुण्ड गाउँपालिकाको अयोजनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । देशले लिएको शान्ति, सुशासन र समृद्धिसहितको दीगो विकासको लक्ष पूरा गर्नको लागि पनि खेल आवश्यक रहेको…