डाक्टरले हड्ताल गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन : परराष्ट्रमन्त्री ज्ञवाली

असार २९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले डाक्टरहरुले हड्ताल गरेर जनताको स्वास्थ्यमा खेलवाड तथा बिरामीको उपचार गर्दिन भन्न नपाइने बताएका छन् । शुक्रबार गुल्मीको छत्रकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सेतो एप्रोन लगाउनेहरुले बिरामीको उपचार गर्दिन भन्न नपाइने बताएका हुन् । उनले मेडिकल शिक्षामा देखिएका विकृति अन्त्य गर्न सरकार गम्भीर रहेको भन्दै जनतालाई सुपथ र सहज…