अबको १० दिन भित्रै एमाले र माओवादीबीच पार्टी एकता हुने

काठमाडौँ, १० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा यहाँ आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।…