काठमाडौँ, ५ चैत । अध्यादेशहरूलाई लिएर सत्तारुढ र प्रतिपक्षबीच देखिएको विवाद प्रतिस्थापन विधेयक पारित गर्ने क्रममा 'हस्ताक्षरबाट मतविभाजन'सम्म आइपुगेको छ । सरकारले ल्याएका दुई अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने क्रममा प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले हस्ताक्षर मतविभाजन भएको हो । विधेयक पारित गर्दा सामान्यतः 'हुन्छ' र 'हुन्न' भनी सांसदले ध्वनिमतबाट पारित गरिँदै आएकोमा प्रतिस्थापन विधेयकमा भने प्रतिपक्षका सांसदले…