उम्मेदवारी मनोनयन दर्ता सुरु

काठमाडौँ, ४ असार । दोस्रो चरणको स्थानीय तह यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी…