काठमाडौं, २ मंसिर/ एमाले अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटमा एम्बुस आक्रमणमा परेका कांग्रेस नेता रामशरण महतले आफूमाथिको आक्रमण बिपक्षीले गरेको भन्दै निराधार कुरा गरेको बताउनुभएको छ । निर्वाचन अभियानका क्रममा गृहजिल्ला झापा र मोरडका बिभिन्न चुनावीसभामा सहभागि हुन शनिवार बिहान बिराटनगर बिमानस्थल उत्रनु भएका ओलीले पत्रकारसँग कुरा गर्दै पीएचडी गरेका महतले झुटो बोलेको बताउनुभएको हो ।…