Banner News

वाम गठबन्धन विजयी भएपछि पाँच वर्षमा देशले मुहार फेर्छः मानन्धर



काठमाडौँ । क्षेत्र नम्बर–सातका प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धरले वाम गठबन्धन विजयी भएपछि ऐतिहासिक सरकार बन्ने र त्यो सरकारले पाँच वर्षमा देशको मुहार फेर्ने दावी गरेका छन् ।

वाम प्रगतिशील गठबन्धन काठमाडौँ क्षेत्र नम्बर–७ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

‘अहिले कांग्रेसले वामपन्थीहरुले जिते भने नेपालमा चीन वा उत्तरकोरियाको शासन लागू हुन्छ भनेर हौवा फैलाएको छ,’ उनले भने, ‘नेपाल नेपाल नै बन्छ, दक्षिणपन्थीहरुको स्वभाव नै गलत प्रचार गर्ने हो । कम्युनिष्टहरुले राज्य सञ्चालन गर्न पाए भने देशले मुहार फेर्छ भन्ने सन्देश २०५१ सालमा एमालेले दिइसकेको छ ।’

उनले २०५१ सालमा नौ महिना कम्युनिस्टले शासन चलाउँदा जनताले ठूलो आनन्दको महसुश गर्न पाएको दाबी गरे ।’