काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् । त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द,…