काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । उहाँहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन गर्न आवश्यक रहेको सुझाव दिए।…