पाँचथर, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताए। पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो खुलासा गरेका हुन । प्रधानमन्त्रीले भने–“मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति…