नागरिकता र सीमाङ्नका केही बुँदा राष्ट्र हित बिपरितः अध्यक्ष डा लोहनी

काठमाडौँ, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्ने बताए । राप्रपा टोखा नगर अधिवेशनको उद्घाटन गर्दै लोहनीले भने— “स्थानीय तहको निर्वाचनका लागि भएपनि उक्त प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्छ ।” अध्यक्ष लोहनीले देशमा करिब एक वर्षभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान…