विशेष महाधिवेशन वैधानिक छैन : प्रकाशशरण महत

काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको सन्दर्भलाई रोक्नुपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकाले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बताएका हुन् । उनले भने, ‘पार्टीले एउटा निर्णय गरिसकेको छ । नियमित अधिवेशन गर्ने । नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने…