मन्त्रीको क्षेत्राधिकार बढाइयो, नियम र कार्यविधि बनाउने अधिकार

काठमाडौँ, २७ माघ । नेपाल सरकारको कार्यसम्पादन नियमावली संशोधन गरेर मन्त्रीहरूको क्षेत्राधिकार बढाइएको छ । मन्त्रिपरिषद्बाट हुँदै आएका नियम, विनियम, आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड निर्माण एवं नियुक्तिसम्बन्धी निर्णय विभागीय मन्त्रीहरूबाटै हुने गरी नियमावली संशोधन गरिएको हो ।  मन्त्रिपरिषद् बैठकले सोमबार गरेको कार्यसम्पादन नियमावली संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ । संशोधित नियमावलीमा मन्त्रालयबाट हुने कामको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रीमा रहने…