काठमाडौँ, १९ माघ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको लठैतलाई राष्ट्रिय युवा संघले लखेट्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ, नेपाल टोखा नगरको तेस्रो अधिवशेनलाई आज सम्बोधन गर्दै नेता बस्नेतले लोकतन्त्रमा कुनै पनि राजनीति दलले स्वतन्त्रपूर्वक आफ्ना राजनीति तथा सांगठनीक गतिविधिहरु गर्न पाउने कुरा संविधानलाई पढ्न…