ठूला जलविद्युत् आयोजनामा मिलेमतो : ऊर्जामन्त्री र सचिवलाई बोलाउने संसदीय समितिको तयारी

काठमाडौँ, २९ पौष । विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत् आयोजनाको वित्तीय लगानीका लागि आशयपत्र माग गर्दा लगानी बोर्ड र विद्युत् नियमन आयोगलाई समेत जानकारी नदिएको पाइएको छ । २०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना बोर्डको क्षेत्राधिकारमा पर्छन् ।  सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ४ (घ)…