सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी

काठमाडौँ, ३ माघ । सरकारबाहिर रहेका राजनीतिक दलहरूले संसद्को हिउँदे अधिवेशन सरकारले तत्काल नबोलाए सडक संघर्ष गर्ने उद्घोष गरेका छन् । संसद्मा भएका ६ विपक्षी दल र समाजवादी मोर्चाको बुधबार सिहंदबारमा छुट्टाछुट्टै बैठक भएको थियो । माओवादीको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले सरकार अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ ।…