सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ : मुख्यमन्त्री लामा

काठमाडौँ, ८ पौष । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताएका छन् । आज हेटौँडामा गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिसँग योजना तर्जुमा तथा प्रदेश आयोजना बैङ्क सञ्चालनका सन्दर्भमा छलफल गर्दै मुख्यमन्त्री लामाले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन जरुरी रहेको बताए । उनले नेपालमा पूर्वाधार निर्माण महँगो…