काठमाडौँ, ७ पौष । काठमाडौं विश्वविद्यालय (केयू) ले परीक्षामा फेल भएका र बीचैमा कक्षा छाडेका विद्यार्थीलाई पनि दीक्षित गरेको खुलेको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अध्यक्षता गरेको दीक्षान्त समारोहबाट त्यस्ता सात विद्यार्थीलाई गत मंसिर २९ मा शैक्षिक उपाधि दिएको हो । कान्तिपुरलाई प्राप्त कागजातअनुसार शैक्षिक तह नै पूरा नगरी उपाधि प्राप्त गर्ने विद्यार्थी व्यवस्थापन…