६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा 

काठमाडौँ, २९ मंसिर । ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकबाट भएको बताइएको छ  । साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको छ ।