काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले अबको तीन महिना २१ दिनमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । नागरिक समाजका १७ जना प्रबुद्ध व्यक्तिहरूसँग सोमबार प्रधानमन्त्री कार्यालयमा डेढ घण्टाको छलफलमा उनले प्रहरीको मनोबल उकास्न प्रयत्नरत गरिरहेको पनि बताइन् । उनले चुनाव समयमा सम्पन्न गर्न दलहरूसँग निरन्तर संवादमा रहेको भन्दै खबरदारीका लागि नागरिकहरूलाई आह्वानसमेत गरेकी…