काठमाडौँ, २६ मंसिर । सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।…