काठमाडौँ, १६ मंसिर । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । यसपटक मेयर, उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।