स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने

काठमाडौँ, ११ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय बासिन्दाको बस्तीको समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताउनुभएको छ । बाँकेका जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको मन्त्रालयमा आज भएको छलफलमा उहाँले स्थानीय बासिन्दाको बस्तीको जग्गा विवादको छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने…