शंकरदेव क्याम्पसमा मेरिट मिचेर गरिएको भर्ना रद्द

काठमाडौँ, २६ कार्तिक । शंकरदेव क्याम्पसमा मेरिट सूची मिचेर गरिएको भर्ना त्रिभुवन विश्वविद्यालयले रद्द गरेको छ । क्याम्पसले व्यवस्थापन संकायअन्तर्गत बीबीए, बीबीए फाइनान्स र बीआईएम विषयमा मेरिट सूची बाहिरबाट भर्ना भएका ५७ विद्यार्थीले पढ्न नपाउने भएका हुन् ।  मेरिटमा परेका विद्यार्थीले मेरिट बाहिरका विद्यार्थी भर्ना गरेको भन्दै त्रिवि उपकुलपति कार्यालयसहित विभिन्न निकायमा उजुरी दिएका थिए । त्रिवि अनुगमन…