काठमाडौँ, ५ कार्तिक । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुई वटा 'न्यारोबडी' विमान नियमित उडानमा रहेका छन् । एउटा 'वाइडबडी' विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याई तत्काल मर्मतको काम सकेर हिजो बेलुकीदेखि उडानमा ल्याइएको छ । अस्ति शनिवार…