काठमाडौँ, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग वर्तमान अवस्थाको बारेमा सार्वजनिक सुनुवाई गर्ने हुनुभएको छ । असोज १८ गते चितवनको इच्छाकामनामा सार्वजनिक सुनुवाई गर्ने सभापति लामिछानेले जानकारी गराउनुभयो । कार्यक्रममा मतदातालाई लागेका प्रश्नहरु सहित उपस्थित हुन अपिल गर्नुभएको छ । उहाँले जनसरोकारका विषयमा सार्वजनिक सुनुवाई…