काठमाडौँ, १५ असोज । मनसुन जन्य विपद्का कारण प्रभावितहरूलाई प्रभावकारी रूपमा राहत उपलब्ध गराउन गृह मन्त्रालयले कार्यदल बनाएको छ । ८ जना सहसचिवहरू सम्मिलित कार्यदल गठन गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राहत वितरण सहजिकरण गर्न काठमाडौँमा सहसचिव गोविन्द रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबावु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी,…