धरौटीका रूपमा पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

काठमाडौँ, २७ कार्तिक । डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन् । बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख,…