काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् । आज सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका…