ल्याब टेस्ट नगरी खाद्य सामग्रीलाई बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर : सभापति खान

भक्तपुर, २१ भदौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवम् जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने बताएका छन् । नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा आयोजना गरेको "अस्वभाविक मूल्य वृद्धि/कालोबजारी र बजार अनुगमन विषयक" अन्तरक्रिया कार्यक्रममा सभापति खानले भने, “नेपालमा भित्रिने खाद्य सामग्रीको…