काठमाडौँ, १८ भदौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारेमा छलफल भएको हो । आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबिचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो…