काठमाडौँ, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै शिक्षालयमा राजनीति पस्न दिन नहुने बताएकी छन् । आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयमा असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताइन् । उनले भनिन् 'त्रिभुवन विश्वविद्यालयमा कुट्ने…