५० वर्षमा औसत मूल्यवृद्धि ८.३२ प्रतिशत

काठमाडौँ, १० साउन । गएको पाँच दशकमा नेपालमा औसत मूल्यवृद्धि दर (मुद्रास्फीति) ८.३२ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उक्त अवधिमा मूल्यवृद्धिमा निकै उतारचढाव आए पनि औसतमा एकल अंक (सवा ८ प्रतिशत) कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो अध्ययन गरेको हो । पछिल्लो पाँच दशकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतका…