काठमाडौँ, ३ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्रका समस्या सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले देश, व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा देखिएको समस्या समाधानको प्रयास गर्ने बताएका हुन् । उनले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउन…