काठमाडौँ, १ साउन । संसद्का ठूला दुई दल कांग्रेस र एमाले मिलेर गठित केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो दिनमै पूर्णता पाएको छ । यसअघि सरकारले पूर्णता पाउनै सकस हुने र अपूरो मन्त्रिपरिषद्कै कारण सरकारका कामकारबाहीसमेत प्रभावित हुने गरेको थियो । राजनीतिक स्थायित्वलगायतका सहमतिसहित संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले सुरुमै त्यसको छनक मन्त्रिपरिषद्लाई पूर्णता दिएर…