मध्य कालीगण्डकीमा जुट्यो लगानी

काठमाडौँ, ८ असार । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरे । सम्झौतापत्रमा हाइड्रो सपोर्टका तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद…