काठमाडौँ, ९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् । एसिया भ्रमणमा निस्किएका ट्रम्पले एयर फोर्स वान विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् । ट्रम्पले भने, “म युक्रेन शान्ति प्रक्रियाको मामिलामा चीनले हामीलाई सहयोग गरोस् भन्ने चाहन्छु ।”…