तिहारले ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ, ३ कार्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’ को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  उनले आज तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको…