काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए । बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति लेखपढले मात्र नहुने बताए । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए ।…