जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध

काठमाडौँ, १८ असोज । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएको पनि महानगरले बताएको छ । कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको बताइएको छ ।  कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको…